असार ३१,२०८१

प्रधान कार्यलय

:9805312042

सम्पर्क समय : 10 AM ~5 PM

ओफिस समय 10 AM ~ 5 PM
फोन न. 9805312042
हामीलाई खोज्नुहोस् Facebook
हामीको हौँ? Our Team
गुगल नक्शा NRUM in google map

स्
वा


म्
!
गृह पृष्ठ  >  समाचार  >  अन्य  >  सुनसरी पुल नजिक ट्याक्टर पल्टिदा घटना स्थलमै एकको मृत्यु

सुनसरी पुल नजिक ट्याक्टर पल्टिदा घटना स्थलमै एकको मृत्यु

कार्तिक ११,२०७७

बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाको सिमानामा पर्ने रामधुनी वडा नम्बर ८ सुनसरी पुल नजिक तरहरा जाने बाटोमा को २ त २८९२नम्बरको महेन्द्र कम्पनीको ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ। आज टीकाको दोस्रो दिन अर्थात मंगलबार करिब २ बजे तिर ट्याक्टर पल्टिँदा बराहक्षेत्र ८ गलफडिया घर भएका बर्ष ३५ दिनेश राजधामिको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख कैलास अधिकारीले बताए ।
 
सानो सर्दु खोलाबाट घरायसी प्रयोगको लागी बालुवा गिट्टी ल्याउने क्रममा पुलको उकालो तान्न नसक्दा गाडीबाट झरेर ३ र ४ भएर ठेल्ने क्रममा ड्राइभर धिरज चौधरीले गाडीलाई नियन्त्रण लिन नसक्दा गाडी पछाडी सरेर डालि सहित गिट्टीले थिचेर राजधमिको घटना स्थलमा मृत्यु भएकोइलाका प्रहरी कार्यालय पकलीका इनेस्पेटर कैलास अधिकारीले बताए ।उनले भने
गिट्टीले पुरेर शास लिन नपाउदा घट्ना स्थालामा मृत्यु भएको हुनसक्ने अधिकारीले बताए ।
ट्याक्टर चालक फरार भएकोउक्त ट्याक्टरमा काम गर्ने ४ जनालाई आबश्यक छानविनको लागी प्रहरी नियन्त्रणमा लिएको छ ।
मृतक राजधामी ट्याक्टर मालिक शिवनारायण राजधामीको छोरा हुन्न ।
मृतकलाई पोस्ट मर्टनको लागी वि पी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी पकलीले जानकारी दिएको छ ।