असार १३,२०८२

प्रधान कार्यलय

:9805312042

सम्पर्क समय : 10 AM ~5 PM

ओफिस समय 10 AM ~ 5 PM
फोन न. 9805312042
हामीलाई खोज्नुहोस् Facebook
हामीको हौँ? Our Team
गुगल नक्शा NRUM in google map

स्
वा


म्
!
गृह पृष्ठ  >  समाचार  >  अन्य  >  बाढी पहिरोबाट प्रभावित घर परिवारलाई आदिवासी जनजाति राहत कोषद्वारा राहत बि...

बाढी पहिरोबाट प्रभावित घर परिवारलाई आदिवासी जनजाति राहत कोषद्वारा राहत बितरण

असार ९,२०७८

सिन्धुपाल्चोक मेलम्चीको हेलम्बु क्षेत्रमा भएको बाढी पहिरो प्रभावित घर परिवारलाई आदिवासी जनजाति राहत (कोभिड महामारी तथा प्राकृतिक प्रकोप) कोषद्वारा राहत सामग्री बितरण गरिएको छ ।

शनिबार काठमाडौ बाट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको नेतृत्वमा गएको टोलीले बाढी पीडित घर परिवारलाई ८ थान सोलार प्यानल, १० थान ग्यास चुल्हो सेट, २२० थान ब्लाङ्केट, १२० थान टर्च लाईट, भुइँमा ओछ्याउने म्याटेस, मास्क, साबुन, औषधि लगायतका  सामग्री वितरण गरेको थियो ।

राहत सामग्री हेलम्बुको चुरेखर्क, हल्दे र चालीसेका लागि वितरण गर्नेगरि हेलम्बु वडा न २ का वडा अध्यक्ष लगाएत  स्थानीय जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ ।

यातायात सडक सहजताका कारण प्राय राहत सामाग्री लाने सबै संघ संस्था मेलम्ची वारिमात्र पुगेको र मेलम्ची पारीका पीडित घर परिवारलाई राहत सामग्री खासै पुग्न नसकेको हुँदा आफुहरु मेलम्ची पारी हेलम्बु क्षेत्र  गएको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले बताए ।

देश बिदेशमा रहेका नेपालका आदिवासी जनजाति संघ संस्थाको संयुत्त प्रयासमा बितरण गरिएको राहत कोषको लागी नेपाल आदिवासी जनजाती महासंघ, रास्ट्रीय आदिवासी महिला महासंघ, आदिवासी जनजाति चलचित्र महासंघ नेपाल , आदिवासी जनजाति युवा महासंघ नेपाल, आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति अपाङ्ग संघ, नेपाल आदिवासी जनजाति अपांग महिला संघ,  रास्ट्रीय आदिवासी जनजाति महिला मंच, बिदेश स्थित रहेका नेपाल आदिवासी जनजाति महासंघहरु, आदिवासी जनजाति कानुनी महिला सचेतना समूह, जातीय संस्था लगायत विभिन्न आदिवासी जनजातीका संघ संस्थाहरु को सहभागिता साथै सहयोग रहेको छ ।

घट्नास्थलको अबस्था अत्यन्तै दुखदायी कहालिलाग्दो रहेको राहत बितरण टोलीमा सहभागी सदस्य निरन्ती तुम्बापोले बताए । बाढी रोकिएको छैन, मेलम्ची देखि माथी धेरै सानो सानो बस्ती र स्कुलहरु समेत बगेको पनि तुम्बापोले बताएका छन ।

बाढीले सयौंको घर परिवार लाई घरबार विहिन बनाएको छ । हेलम्बुको तीन स्थान जहाँ हेलिकप्टर मात्र जान सक्ने स्थित बनेको छ । हेलिकप्टर बाट नेपाली सेनाले राहतको सामाग्री पुर्याउनुको साथै उद्वारको कार्य पनि गरिरहेको छ ।