भदौ महिनामा राजधामी समाज बैठक बसी कुनै आइतबारमा रैब गर्ने सल्लाह गरी उक्त दिन सामुहिक रुपमा नुन, तेल , माछा मासु बारिन्छ | नदी वा तलाउमा नुहाई दही चिउरा फलफुल , मिठाई (जुलबी) मात्र खाइन्छ | बालक देखी बृद्धसम्म (नुनिलो कुरा नखाई) गुलिया मात्र खाने गरिन्छ | रैइब ब्रतका अघिल्लो दिन गाउँ समाजका महिलाहरु सामुहिक रुपमा भेला भाइ छलफल गरी अगुवाई गर्ने व्यक्तिका घरमा लिपपोत गरेको ठाउँमा फुल, अक्षेता, डाली कलश राखी धुप द्विप बालि पन्च कन्याहरु र सामुहिक पाँच बेग्ला बेग्लै गाउँ घुमी अन्न , रुपैयाँ पैसा मागी नाग देवताको पुजाको लागि सामाग्रीहरु संकलित रकम अन्नबाट सोमबार नदी वा पोखरी छेउमा केराको डम्खोर(केराको दाम्चा)मा नाग, नागिन्को मुर्ति पिठोबाट बनाई लडु, पान , सुपाडी , खिर वा दहि चिउरा चढाई पुजा अर्चना गरि , गित गाई, जलासयमा बगाइन्छ, पान प्रसाद सबै मिलेर खाइन्छ|
यसैगरी धार्मिक मान्यता अनुसार बाल-बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली-नालीमा रोग-व्याधी नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ ।
यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।